राहदानी ठेक्का प्रकरणमा आरजु राणाको नाम छैन प्रतिवादी सूचीमा
२०८३ असार ८

राहदानी ठेक्का प्रकरणमा १८ जनाविरुद्ध मुद्दा दायर भए पनि पूर्वमन्त्री आरजु राणा प्रतिवादी बनाइनन्।
राहदानी छपाइ ठेक्का प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा प्रतिवादी सूचीमा परेकी छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा १८ जनाविरुद्ध मुद्दा दायर गरे पनि राणाको नाम आरोपपत्रमा समावेश नभएको स्रोतले जनाएको छ। करिब १० अर्ब रुपैयाँ बराबरको हानी भएको दाबी गरिएको यस प्रकरणमा ठेक्का प्रक्रियामाथि अनुसन्धान भने जारी छ।
Tags:
#छोटोखबर #राहदानी #अख्तियार #भ्रष्टाचार #ठेक्काप्रकरण #विशेषअदालत #आरजराणादेउवा #अनियमितता #नेपालसमाचार #छानबिन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

