विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित
२०८३ जेठ १९

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध नरोकिने भएपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले नाराबाजी जारी राखेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ। दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा विपक्षी सांसदहरूले तथ्य सार्वजनिक गर्न वा माफी माग्न माग दोहोर्याए। सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाउने प्रयास गरे पनि अवरोध जारी रहेपछि बैठक स्थगित गरेका हुन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #संसद #विपक्षी #नाराबाजी #बालेन्द्रशाह #सीमाविवाद #सभामुख #राजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्