फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु
२०८३ जेठ २५

फिलिपिन्समा आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा १५ जनाको मृत्यु हुनुका साथै १२९ जना घाइते भएका छन्।
फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। नागरिक रक्षा कार्यालयका अनुसार दक्षिणी सोक्स्सार्गेन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ। भूकम्पपछि मिन्डानाओका छवटा क्षेत्रमा सुनामी छाल रेकर्ड गरिएको थियो, जसको उचाइ अधिकतम १.४ मिटर पुगेको थियो। स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३८ वटा परकम्पसमेत रेकर्ड गरिएको छ।
Tags:
#फिलिपिन्स #भूकम्प #प्राकृतिकविपत्ति #सुनामी #परकम्प #विश्वसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्