विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश
२०८३ श्रावण १

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा नराख्ने निर्णय गरेको हो। उनीविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित बिहीबार मुद्दा दर्ता भएको थियो।
Tags:
#विष्णुप्रसादपौडेल #सम्पत्तिशुद्धीकरण #विशेषअदालत #एमाले #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



