राज्यका विभिन्न निकायमा १५९४ पदाधिकारी एकैपटक पदमुक्त
२०८३ बैशाख २०

सरकारले प्रशासनिक सुधारका लागि १५९४ पदाधिकारीलाई एकैचोटि पदमुक्त गर्दै नयाँ नियुक्तिको तयारी थालेको छ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा विशेष अध्यादेश जारी गरेपछि विभिन्न ऐनअन्तर्गत नियुक्त १५९४ पदाधिकारी एकैपटक पदमुक्त भएका छन्। सञ्चार, शिक्षा, स्वास्थ्य, ऊर्जा, वित्त, कृषि, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्रका दर्जनौँ निकाय प्रभावित भएका छन्। सरकारले प्रशासनिक सुधार र संस्थागत गति दिन यस्तो निर्णय गरेको बताउँदै रिक्त पदमा छिट्टै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
Tags:
#छोटोखबर #राजनीति #नेपालसरकार #पदमुक्त #प्रशासनिकसुधार #नियुक्ति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


