Choto Khabar Logo

रास्वपाको प्रस्ताव अस्वीकार, विपक्षीले संसद् अवरोध जारी राख्ने

२०८३ जेठ २५
रास्वपाको प्रस्ताव अस्वीकार, विपक्षीले संसद् अवरोध जारी राख्ने
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलहरूले संसद्को गतिरोध अन्त्य गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। भारत भ्रमण र सीमा सम्बन्धी विषयमा सभापति लामिछाने तथा परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा बोल्ने प्रस्ताव पनि विपक्षीले मानेनन्। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबारे स्पष्टीकरण वा रेकर्ड हटाउनुपर्ने अडान विपक्षीले दोहोर्‍याएका छन्।

Tags:

#छोटोखबर #रास्वपा #रविलामिछाने #प्रतिनिधिसभा #संसदअवरोध #बालेनशाह #शिशिरखनाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू