विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
२०८३ जेठ २६

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी विवादका कारण प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ।
विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्। विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।
Tags:
#प्रतिनिधिसभा #संसद्अवरोध #बालेन्द्रशाह #डीपीअर्याल #विपक्षीदल #संसदीयविवाद #नेपालराजनीति #संसद्बैठक #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


