अपडेट: काभ्रेको बुच्चाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
२०८३ जेठ २९

काभ्रेको बुच्चाकोटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने १७ जना घाइते भएका छन्।
बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। थप एक शव बसमुनिबाट फेला परेपछि मृतक संख्या बढेको प्रहरीले जनाएको छ। मृतकमध्ये ४ पुरुष र ४ महिला छन्, तर पहिचान खुल्न बाँकी छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।
Tags:
#काभ्रे #बुच्चाकोट #बसदुर्घटना #बीपीराजमार्ग #धुलिखेलअस्पताल #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


