रास्वपाबाट बालेन शाह झापा–५ का उम्मेदवार
२०८२ माघ ५

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको टिकट लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने चुनावका लागि पार्टी सभापति रवि लामिछानेले जनकपुरमा आयोजित सभामा उनलाई टिकट हस्तान्तरण गरे। यससँगै झापा–५ मा बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
Tags:
#रास्वपा #बालेनशाह #झापा५ #प्रतिनिधिसभा #छोटोखबर #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



