भारत–ईयूबीच बहुप्रतीक्षित व्यापार सम्झौता
२०८२ माघ १३

मङ्गलबार नयाँदिल्लीमा मोदी, युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयन र परिषद् अध्यक्ष कोस्टाले सम्झौतालाई औपचारिक स्वीकृति दिएका हुन्।
दुई दशकको छलफलपछि भारत र युरोपेली संघ (ईयू)बीच बहुप्रतीक्षित व्यापार सम्झौता भएको छ। सम्झौताले कपडा, औषधि, अटोमोबाइल, वाइन लगायतका उत्पादनहरूको द्विपक्षीय व्यापार बढाउनेछ। यसले भारत र ईयूका अर्थतन्त्रलाई अमेरिकी र चिनियाँ चुनौती सामना गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। सम्झौतासँगै सेवाकार्य, उच्च दक्ष पेशा र सुरक्षा सहकार्यमा पनि सहमति हुनेछ।
Tags:
#छोटोखबर #भारतईयू #व्यापारसम्झौता #अर्थतन्त्र #वैश्विकव्यापार #रणनीतिकसहमति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्