कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जेठ १४ देखि २७ सम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए। बोर्डले निर्धारित ४५ दिनभन्दा अघि नै नतिजा सार्वजनिक गरेको हो। सदस्य सचिव जंगबहादुर अर्यालले बिहान बसेको बैठकपछि नतिजा जारी गरिएको बताए।
Tags:
#छोटोखबर #कक्षा१२ #नतिजा #राष्ट्रियपरीक्षाबोर्ड #शिक्षासमाचार #एसइई #विद्यार्थी #नेपालसमाचार #ताजाखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

