रेशमलाल चौधरीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
२०८२ माघ २५

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले कैलाली–१ का निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो। निर्वाचन अधिकृतले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए।
Tags:
#छोटोखबर #रेशमचौधरी #सर्वोच्चअदालत #कैलाली१ #निर्वाचन #उम्मेदवारीखारेज
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


