Choto Khabar Logo

मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान

२०८३ असार १०
मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी र २ लाख २६ हजार नागरिक जोखिममा पर्न सक्ने प्राधिकरणको अनुमान छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने जनाएको छ। प्राधिकरणका अनुसार करिब २ लाख २६ हजार मानिस विपद्को जोखिममा पर्न सक्छन्। कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन अझै पूर्ण रूपमा सक्रिय भइसकेको छैन। सम्भावित क्षति न्यूनीकरण र उद्धारका लागि आवश्यक पूर्वतयारी पूरा गरिएको प्राधिकरणले जनाएको छ।

Tags:

#मनसुन #विपद्जोखिम #प्राकृतिकविपद् #वर्षा #बाढीपहिरो #राष्ट्रियविपद्प्राधिकरण #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू