रेशमलाल चौधरी उम्मेदवारी रद्दविरुद्ध सर्वोच्च अदालतमा
२०८२ माघ ९

निर्वाचन अधिकृतले अवैधानिक रूपमा आफ्नो उम्मेदवारी खारेज गरेको दाबी गर्दै चौधरीले कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गरेका छन्।
नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। गैरकानुनी रूपमा उम्मेदवारी खारेज गरिएको दाबी गर्दै उनले उम्मेदवारी कायम गरी चुनाव लड्न पाउनुपर्ने माग गरेका छन्। रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ।
Tags:
#छोटोखबर #रेशमलालचौधरी #नागरिकउन्मुक्तिपार्टी #सर्वोच्चअदालत #निर्वाचन #कैलाली #नेपालीराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



