एनसेल कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
२०८३ बैशाख ३१

स्मार्ट टेलिकम उपकरण खरिद प्रकरणमा अनुसन्धान गर्दै सीआईबीले एनसेल कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ।
सीआईबीको टोली स्मार्ट टेलिकम उपकरण खरिद प्रकरणको अनुसन्धानका क्रममा ललितपुरस्थित एनसेल कार्यालय पुगेको छ। टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठबारे सोधपुछ गरेको जनाएको छ। अनुसन्धानकै क्रममा केही कागजात नियन्त्रणमा लिइएको स्रोतले बताएको छ। यसअघि यही प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका थिए।
Tags:
#छोटोखबर #सीआईबी #एनसेल #स्मार्टटेलिकम #नेपालसमाचार #छापा #अनुसन्धान #ललितपुर #नेपालप्रहरी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

