मनसुन सक्रिय, काठमाडौंसहित विभिन्न जिल्लामा बाढी जोखिम
२०८३ असार २८

मनसुनका कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ।
मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा खोलानदीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदीमा उच्च जोखिम तथा अन्य धेरै जिल्लामा मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
Tags:
#छोटोखबर #मनसुन #बाढी #मौसम #काठमाडौं #बाढीपूर्वानुमान #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
