रेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु
२०८३ असार ८
रेबिजविरुद्धको खोप नलगाएका चन्द्रागिरिका एक पुरुषको संक्रमणपछि उपचारकै क्रममा मृत्यु भएको छ।
रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। असार ५ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनको भोलिपल्ट उपचारकै क्रममा निधन भएको हो। उनले रेबिजविरुद्धको खोप नलगाएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार लक्षण देखिएपछि रेबिजबाट बच्ने सम्भावना लगभग शून्य हुन्छ।
Tags:
#छोटोखबर #रेबिज #काठमाडौं #चन्द्रागिरि #टेकुअस्पताल #स्वास्थ्य #सरुवारोग #खोप #जनस्वास्थ्य #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

