कांग्रेसद्वारा चुनावअघि गठबन्धन नगर्ने स्पष्टोक्ति
२०८२ माघ २२

संसद् पुनर्स्थापनालगायतका हल्लामा नलाग्न आग्रह गर्दै कांग्रेसले आफू पूर्ण रूपमा चुनावी प्रक्रियामै केन्द्रित रहेको जनाएको छ।
नेपाली कांग्रेसले निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेको छ। प्रवक्ता देवराज चालिसेले कांग्रेस सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारसहित एक्लै चुनाव लड्ने बताए। पार्टी पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको र सबै शक्ति प्रचार–प्रसारमा लगाइएको उनले जनाए।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #निर्वाचन #गठबन्धननहुने #राजनीतिकसमाचार #चुनावीप्रचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


