Choto Khabar Logo

नेपाल टेलिकम भ्रष्टाचार मुद्दाका सबै प्रतिवादीलाई सफाइ

२०८३ असार २५
नेपाल टेलिकम भ्रष्टाचार मुद्दाका सबै प्रतिवादीलाई सफाइ
विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको छ।
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका सबै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको छ। अख्तियारले तत्कालीन प्रबन्धनिर्देशक सुनील पौडेल, प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। अदालतले बिहीबार सबैलाई दोषमुक्त ठहर गरेको हो।

Tags:

#छोटोखबर #नेपालटेलिकम #विशेषअदालत #अख्तियार #भ्रष्टाचारमुद्दा #न्यायपालिका #नेपालसमाचार #सफाइ

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू