कांग्रेसको क्रियाशील सदस्यता अब अनलाइनबाटै अद्यावधिक हुने
२०८३ बैशाख २८
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अनलाइनमार्फत गर्ने व्यवस्था लागू गरेको छ । महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले मोबाइल वा कम्प्युटरबाट फाराम भर्ने प्रणाली सुरु गरेको हो । आवेदनपछि विवरण वडा सभापतिको प्रणालीमा पुग्नेछ र ओटिपी प्रमाणीकरणपछि सदस्यता अद्यावधिक हुने पार्टीले जनाएको छ । देशभरका वडामा अद्यावधिक अभियान जारी रहेको छ ।
Tags:
#नेपालीकांग्रेस #क्रियाशीलसदस्यता #प्रदीपपौडेल #अनलाइनसेवा #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


