Choto Khabar Logo

पक्राउ गरे लगत्तै ओली र लेखकलाई प्रहरी परिसर काठमाडौँमा राखियो

२०८२ चैत्र १४
पक्राउ गरे लगत्तै ओली र लेखकलाई प्रहरी परिसर काठमाडौँमा राखियो
ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा पुगेको प्रहरीले दुवै जनालाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको हो।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्ले फौजदारी मुद्दा चलाउने निर्णय गरेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरी अधिकारीका अनुसार उनीहरू हाल परिसरमै राखिएका छन्।

Tags:

#छोटोखबर #केपीशर्माओली #रमेशलेखक #ओलीपक्राउ #नेपालराजनीति #ब्रेकिङन्यूज #प्रहरीकारबाही #जेनजीआन्दोलन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू