Choto Khabar Logo

एमालेद्वारा सभामुख अर्यालको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग

२०८३ जेठ १७
एमालेद्वारा सभामुख अर्यालको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग
प्रधानमन्त्री प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्याख्यालाई लिएर एमालेले सभामुखको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ।
नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेको भन्दै उनका केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिनअघि प्रश्न बुझाउने व्यवस्था नियमावलीमा रहेको दाबी गरे। सभामुखले यस्तो प्रावधान नरहेको बताएपछि एमालेले नियमापत्ति जनाएको हो।

Tags:

#छोटोखबर #नेकपाएमाले #सभामुख #डोलप्रसादअर्याल #प्रतिनिधिसभा #संसद #नियमावली #ऐनबहादुरमहर #राजनीति #संसदीयरेकर्ड

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू