किशोरी साह कमलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
२०८२ फाल्गुण २५

निवेदक किशोरी साह कमलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज गरिएका किशोरी साह कमलको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले सात दिनभित्र लिखित जवाफ मागेको हो। अन्तरिम आदेशबारे छलफलका लागि फागुन २९ गते पेशी तोकिएको छ। मतगणना सम्पन्न भए पनि मुद्दा विचाराधीन भएकाले परिणाम सार्वजनिक गरिएको छैन।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #निर्वाचनआयोग #धनुषा #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


