अन्तर्राष्ट्रिय संस्थाको चिन्ता: सर्वोच्चका न्यायाधीशमाथि राजनीतिक दबाब
२०८३ श्रावण ८

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपालको न्यायपालिकामाथि राजनीतिक दबाब बढेको भन्दै न्यायिक स्वतन्त्रता संरक्षण गर्न सरकारलाई आग्रह गरेका छन्।
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आईसीजेले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि राजीनामा र महाभियोगको राजनीतिक दबाब परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत उनीहरूले न्यायिक स्वतन्त्रता, पारदर्शी नियुक्ति प्रक्रिया र संवैधानिक मापदण्डको सम्मान गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन चारबुँदे सुझाव पनि दिएका छन्।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #न्यायपालिका #मानवअधिकार #एम्नेस्टी #ह्युमनराइट्सवाच #विधिकोशासन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


