नेपाल आयल निगमको ९ अर्ब ५५ करोड रुपैयाँ नाफा

admin admin
२०८२ असार ५
नेपाल आयल निगमको ९ अर्ब ५५ करोड रुपैयाँ नाफा
नेपाल आयल निगम (एनओसी) ले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। यो जानकारी शुक्रबार सम्पन्न ४३औं वार्षिक साधारणसभामा दिइएको हो।
गएको आर्थिक वर्षमा निगमले ३५६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको र ३६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको बिक्री गरेको जनाएको छ। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा निगमले ३८३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। आयात र बिक्रीमा एकाधिकार राख्ने राज्य स्वामित्वको यो निगमले देशभर पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता ल्याउँदै आएको छ।

Tags:

fuel business
profit
nepal oil corporation
noc
petroleum

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू