चियाको निर्यात ४६ प्रतिशतले वृद्धि

admin admin
२०८२ असार ५
चियाको निर्यात ४६ प्रतिशतले वृद्धि
हालको आर्थिक वर्षको १० महिनामा मेची भन्सार कार्यालयबाट चियाको निर्यात ४६.१० प्रतिशतले बढेको छ। कार्यालयका अनुसार चालु आवको सो अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ भने अघिल्लो आवको सोही अवधिमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईंका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १३,८८६.७७ मेट्रिक टन चिया निर्यात गरिएको छ। यद्यपि, सो अवधिमा अलैंचीको निर्यात भने ३.६० प्रतिशतले घटेको छ। चालु आवमा हालसम्म ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ भने अघिल्लो आवमा सोही अवधिमा ६ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात भएको थियो। त्यस्तै, भेनेर सिटको निर्यात ७९ प्रतिशत, फलामे सिटको ७.७० प्रतिशत, सिआर सिटको ६२.२० प्रतिशत र मेलासको निर्यात ८४४.३० प्रतिशतले वृद्धि भएको छ। चालु आवको १० महिनामा मेची भन्सार कार्यालयबाट कुल २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको कार्यालयले जनाएको छ।

Tags:

tea export
mechi customs
nepal trade
economy
fiscal report

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू