भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो । ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो । उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो । दुर्घटनापछि ३९ जनालाई अस्पताल पु¥याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिनुभयो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
Next Article दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु


