काठमाडौं, फ्रान्सेली अभिनेता जेरार्ड डेपार्डियुमाथि बलात्कारको आरोपमा मुद्दा चल्ने भएको छ। पेरिस पुनरावेदन अदालतले बिहीबार (मंसिर ११) सन् २०१८ मा अभिनेत्री शार्लोट अर्नोल्डमाथि भएको भनिएको घटनामा मुद्दा अघि बढाउने आदेश दिएको हो। ७७ वर्षीय डेपार्डियुले आरोप अस्वीकार गर्दै आएका छन्।
यसअघि सन् २०२१ मा चलचित्र छायाङ्कनका क्रममा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए। सन् २०२५ मा उनलाई १८ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो। उनले गत नोभेम्बर १६ मा पुनरावेदन फिर्ता लिएपछि उक्त सजाय अन्तिम बनेको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special