नेकपा एमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूका लागि नयाँ र कडा नियमहरू प्रस्तुत गरेका छन्। बैठकको अनुशासन र गरिमा कायम राख्न भन्दै उनले सदस्यहरूलाई विभिन्न निर्देशनहरू दिएका हुन्।
नयाँ नियम अनुसार अबदेखि कुनै पनि सदस्यले आफ्नो आसन छाड्नु परेमा अनिवार्य रूपमा अध्यक्षको अनुमति लिनुपर्नेछ। त्यसैगरी, बैठकमा आफ्नो धारणा राख्नुअघि अध्यक्षको ध्यानाकर्षण गराउनुपर्ने र विशेष परिस्थितिमा अध्यक्षले चाहेमा बोल्ने समय समेत हेरफेर गर्न सक्ने व्यवस्था गरिएको छ।


