नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान हुन सकेन। बिहान १० बजेका लागि तय भएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइए पनि सुरु हुन नसकेको हो। निर्वाचन समितिले नयाँ समय सार्वजनिक नगरेपछि शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने तय भएको संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको समितिले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


