Choto Khabar Logo

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला

२०८३ श्रावण ५
कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
कीर्तिपुर–१ ट्याङ्लाफाँटमा आगलागी भएको बा५च ३०३८ नम्बरको गाडीबाट एक पुरुषको शव फेला परेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जलेको गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। घटनाको कारण र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने थप अनुसन्धान भइरहेको छ।

Tags:

#छोटोखबर #कीर्तिपुर #आगलागी #शवफेला #काठमाडौं #प्रहरी #अनुसन्धान #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू