प्रतिनिधिसभामा विशेष समय र समिति गठन निर्णय
२०८२ चैत्र २३

सर्वदलीय बैठकले आज विशेष समय सञ्चालन गर्दै विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा बैठकमा आज चैत २३ गते एक घण्टाको ‘विशेष समय’ सञ्चालन गर्ने निर्णय गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। साथै प्रतिनिधिसभा नियमावलीका लागि मस्यौदा समिति गठन गर्ने र कार्यव्यवस्था परामर्श समिति बनाउने निर्णय गरिएको छ। आज दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #राजनीति #नेपालसमाचार #संसद #निर्णय #समिति #विशेषसमय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


