प्रतिफल दिने क्षेत्रमा मात्र ऋण लगानी गर्ने सरकारको नीति
२०८३ असार २५

अर्थमन्त्री वाग्लेले सार्वजनिक ऋण प्रतिफलमुखी र आवश्यक क्षेत्रमा मात्र प्रयोग गरिने बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रतिफल दिने क्षेत्रमा मात्र ऋण लगानी गर्ने नीति अपनाएको बताएका छन्। राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा उनले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा सार्वजनिक ऋणको भार बढेको उल्लेख गर्दै आवश्यक र उत्पादनमुखी क्षेत्रमा मात्रै ऋण परिचालन गरिने स्पष्ट पारे।
Tags:
#छोटोखबर #स्वर्णिमवाग्ले #अर्थमन्त्रालय #सार्वजनिकऋण #आर्थिकनीति #राष्ट्रियसभा #नेपालअर्थतन्त्र #सरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



