कृष्णभीरमा सडक भासिँदा मुग्लिङ–काठमाडौं सडकखण्ड प्रभावित
२०८३ भाद्र १४

कृष्णभीरमा सडक पूर्ण रूपमा भासिँदा मुग्लिङ–काठमाडौं सडकखण्डको आवागमन प्रभावित भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएपछि यातायात आवागमन प्रभावित भएको छ। पहिरोको जोखिममा रहेको क्षेत्रमा सडकको ठूलो हिस्सा ध्वस्त भएको सडक विभागले जनाएको छ। विभागले भौगोलिक अवस्था र क्षतिको कारणबारे प्राविधिक अध्ययन थालेको छ। अध्ययनको निष्कर्षका आधारमा सडक पुनःनिर्माण तथा मर्मत कार्य अघि बढाइनेछ।
Tags:
#छोटोखबर #पृथ्वीराजमार्ग #कृष्णभीर #सडकभासियो #बाढीपहिरो #यातायात #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


