ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट लागू भए पनि उपभोक्तालाई अतिरिक्त भार नपर्ने : अर्थमन्त्री
२०८३ असार १५

अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट लागे पनि ५० युनिटसम्म निःशुल्क विद्युत र मूल्य समायोजनका कारण उपभोक्तालाई अतिरिक्त भार नपर्ने बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ कर नीति र बजेट दीर्घकालीन आर्थिक सुधार तथा अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको बताएका छन्। ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट प्रस्ताव गरिए पनि ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराइने र मूल्य समायोजनमार्फत उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपर्ने गरी साउन १ गतेदेखि कार्यान्वयन गरिने उनले स्पष्ट पारे।
Tags:
#अर्थमन्त्री #स्वर्णिमवाग्ले #बजेट२०८३ #करनीति #भ्याट #विद्युत #ऊर्जाक्षेत्र #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


