Choto Khabar Logo

ट्रंक लाइन बक्यौता विवाद फेरि चर्कियो

२०८२ चैत्र ४
ट्रंक लाइन बक्यौता विवाद फेरि चर्कियो
कुलमान घिसिङ ऊर्जामन्त्री हुँदा किस्ताबन्दीमा आएका उद्योगहरूले भुक्तानी निरन्तर नगर्दा समाधानतर्फ गएको विवाद पुनः सतहमा आएको छ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवाद पुनः चर्किएको छ। किस्ताबन्दीमा तिर्न सहमत उद्योगहरूले भुक्तानी निरन्तर नगरेपछि समस्या बढेको हो। ३५ उद्योगबाट केही रकम उठे पनि अझै पाँच अर्बभन्दा बढी बाँकी छ। विद्युत् नियमन आयोगले नेपाल विद्युत प्राधिकरणकै पक्षमा फैसला दिएपछि अब बक्यौता उठाउने प्रक्रिया अघि बढ्ने भएको थियो।

Tags:

#विद्युत् #बक्यौता #उद्योग #नेपाल #अर्थतन्त्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू