सुरुङमा फसेकाको उद्धारमा चिनियाँ र भारतीय विशेषज्ञ बोलाइयो: परराष्ट्रमन्त्री शिशिर खनाल
२०८३ भाद्र १४

रसुवाको बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपालले चिनियाँ, भारतीय र आवश्यकताअनुसार अन्य विदेशी विशेषज्ञको सहयोग लिने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ र भारतीय विशेषज्ञको सहयोग मागिएको बताएका छन्। स्वदेशी जनशक्तिबाट मात्र उद्धार सम्भव नभएपछि विदेशी विशेषज्ञ बोलाइएको उनले जानकारी दिए। बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले आवश्यकताअनुसार अन्य मित्रराष्ट्रबाट समेत सहयोग लिने र विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको बताए।
Tags:
#छोटोखबर #रसुवाबाढी #उद्धार #सुरुङ #शिशिरखनाल #चीन #भारत #विदेशीसहयोग #विपद् #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


