Choto Khabar Logo

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

२०८३ असार २९
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
अर्जुन घिमिरे नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका छन्।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। अध्यादेशमार्फत भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्रिपरिषद्को पछिल्लो बैठकले उनको नियुक्ति अनुमोदन गरेको हो। घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए।

Tags:

#नेपालदूरसञ्चारप्राधिकरण #अर्जुनघिमिरे #सूचनातथासञ्चार #सरकार #नियुक्ति #दूरसञ्चार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू