बुधबार नेप्से ५.३८ अंकले बढ्यो, कारोबार रकम घट्यो
२०८२ माघ १४

आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सामान्य घटे पनि बाँकी हरियो रहेका छन्।
बुधबार नेप्से ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा बन्द भएको छ, तर कारोबार रकम मंगलबारको १४ अर्ब १६ करोडबाट ११ अर्ब ४९ करोडमा झरेको छ। ३३४ धितोपत्रमा २.३६ करोड कित्ता सेयर किनबेच भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको मूल्य घटेको छ।
Tags:
#नेप्से #सेयरबजार #नेपाल_स्टक #धितोपत्र #बजारसमाचार #छोटोखबर #आर्थिक_समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३