फागुनसम्म ७ खर्ब ५१ अर्ब राजश्व संकलन
२०८२ चैत्र १

चालु आर्थिक वर्ष आठौं महिना (साउन-फागुन) सम्म पुग्दा राजस्व संकलन र अन्य प्राप्ति लक्ष्यको ८२.६० प्रतिशतमात्र भएको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ७ खर्ब ५१ अर्ब ८५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। यस वर्ष १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको छ। गत वर्ष यही अवधिमा ७ खर्ब २९ अर्ब संकलन भएको थियो। समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क र भन्सार महसुल बढे पनि आयकर र ब्याजकरलगायत शीर्षकमा भने अपेक्षाअनुसार राजश्व उठ्न सकेको छैन।
Tags:
#छोटोखबर #राजश्व #अर्थतन्त्र #अर्थमन्त्रालय #नेपालअर्थतन्त्र #करसंकलन #आर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
२०८३ बैशाख ४