लगातार छैटौँ दिन पनि घट्यो सेयर बजार, नेप्से १६.५४ अंकले ओरालो
२०८३ असार १५

नेप्से लगातार छैटौँ दिन घट्दै २६३२.९६ विन्दुमा पुगेको छ भने चार कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ।
सेयर बजार सोमबार पनि घट्दै लगातार छैटौँ कारोबार दिन ओरालो लागेको छ। नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको छ। २९ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको घट्यो। कुल २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। टक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको सेयर सकारात्मक सर्किटमा कारोबार भयो।
Tags:
#सेयरबजार #नेप्से #शेयरकारोबार #लगानी #पूँजीबजार #हाइड्रोपावर #लघुवित्त #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


