एकैदिन सुनको भाउमा ठूलो उछाल, ऐतिहासिक उच्च
२०८२ माघ ७

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन र भूराजनीतिक अवस्थाका कारण सुनचाँदीको मूल्यमा असर परिरहेको जनाइएको छ ।
बुधबार सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० डलर नाघेपछि नेपालमा पनि असर परेको हो। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० पुगेको छ।
Tags:
#छोटोखबर #सुनकोभाउ #चाँदीकोभाउ #नेपालीबजार #आर्थिकसमाचार #सुनचाँदी #मूल्यवृद्धि
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३