सुनको मूल्य एकैदिन साढे २० हजारले घट्यो
२०८२ माघ १६

हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्चदरमा घटेको हो।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन साढे २० हजार रुपैयाँले घटेको छ। बिहीबार रेकर्ड बढेपछि शुक्रबार प्रतितोला सुन तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको हो। अघिल्लो दिन सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ थियो। त्यस्तै चाँदी पनि ४४० रुपैयाँले घटेर प्रतितोला सात हजार ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले तथ्यांक सार्वजनिक गरेको हो।
Tags:
#सुनकोमूल्य #चाँदीकोमूल्य #नेपालीबजार #सुनचाँदी #मूल्यघट्यो #आर्थिकखबर #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


