सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यम रोक्ने निर्णय बदर
२०८३ श्रावण ६

सर्वोच्चले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई रोक्ने निर्णय बदर गर्दै समान र कानुनसम्मत वितरण गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले सरकारी विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय बदर गरेको छ। अदालतले मितव्ययिताका नाममा कानुन र संविधान उल्लङ्घन गर्न नमिल्ने स्पष्ट गर्दै विज्ञापन वितरण समान, पारदर्शी र कानुनसम्मत हुनुपर्ने ठहर गरेको हो। यससँगै सरकारी र निजी दुवै सञ्चारमाध्यममा कानुनबमोजिम विज्ञापन वितरण गर्ने बाटो खुलेको छ।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #सरकारीविज्ञापन #सञ्चारमाध्यम #प्रेसस्वतन्त्रता #संविधान #सरकार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

