Choto Khabar Logo

पूर्वप्रधानमन्त्री नेपाल अस्पताल भर्ना

२०८२ माघ १५
पूर्वप्रधानमन्त्री नेपाल अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। रुघा, खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार महाराजगञ्जस्थित अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको हो। चिकित्सकका अनुसार उनको छातीमा संक्रमण देखिएको छ र अवस्था सामान्य छ।

Tags:

#माधवकुमारनेपाल #अस्पतालभर्ना #स्वास्थ्य#त्रिविशिक्षणअस्पताल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू