Choto Khabar Logo

निर्वाचन नजिकिँदा सेयर बजारमा तेजी, फाइनान्स सबैभन्दा माथि

२०८२ माघ ४
निर्वाचन नजिकिँदा सेयर बजारमा तेजी, फाइनान्स सबैभन्दा माथि
पुस सकिएसँगै दोस्रो बजारका सूचीकृत कम्पनीहरूले साधारणसभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन्, जसले बजारलाई थप चलायमान बनाएको छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन्। नेप्से ३१.१२ अंक बढेर २६७२ विन्दुमा पुगेको छ भने कारोबार रकम ८ अर्ब ४० करोड पुगेको छ। २२४ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ। फाइनान्स समूह सबैभन्दा धेरै ५.७३% ले बढ्यो। सागर डिस्टिलरी, उन्नति लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्समा सकारात्मक सर्किट लागेको छ।

Tags:

#सेयरबजार #नेप्से #फाइनान्स #सकारात्मकसर्किट #प्रतिनिधिसभा_निर्वाचन #अर्थतन्त्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू