मौद्रिक नीति लचिलो हुने संकेत, निजी क्षेत्रको उत्पादनमुखी सुधारमा जोड
२०८३ असार २१

पूर्वगभर्नर र निजी क्षेत्रले आगामी मौद्रिक नीति लचिलो, उत्पादनमुखी र लगानी तथा रोजगारी प्रवर्द्धन गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन्।
पूर्वगभर्नर महाप्रसाद अधिकारीले मूल्य स्थिरता र बाह्य क्षेत्र सन्तोषजनक रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताए। उनले उत्पादन र आर्थिक सुधार केन्द्रित नीति आवश्यक रहेको उल्लेख गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले बजेटले नसमेटेका निजी क्षेत्रका माग मौद्रिक नीतिबाट सम्बोधन गर्न, उत्पादन बढाएर आयात घटाउन र रोजगारी सिर्जनालाई प्राथमिकता दिन आग्रह गरे।
Tags:
#मौद्रिकनीति #नेपालअर्थतन्त्र #उत्पादन #निजीक्षेत्र #लगानी #रोजगारी #नेपालराष्ट्रबैंक #आर्थिकसुधार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


