वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने
२०८३ भाद्र ५

अर्थ समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्दै वाणिज्य बैंकका पूर्वसीईओलाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला गरेको छ।
प्रतिनिधिसभाको अर्थ समितिले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने व्यवस्था गर्ने निर्णय गरेको छ। सीईओ पद छाडेको कम्तीमा दुई वर्षपछि मात्र गभर्नरका लागि योग्य हुने व्यवस्था थप गरिएको हो। समितिले अन्तर्राष्ट्रिय वित्तीय संस्थाका कार्यकारी तहमा काम गरेका व्यक्तिलाई समेत योग्य बनाउने निर्णय गरेको छ। गभर्नरका लागि स्नातकोत्तर र कम्तीमा १० वर्ष अनुभव आवश्यक हुनेछ।
Tags:
#छोटोखबर #नेपालराष्ट्रबैंक #गभर्नर #वाणिज्यबैंक #सीईओ #अर्थसमिति #राष्ट्रबैंकऐन #बैंकिङ #अर्थतन्त्र #नेपालआर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

