Choto Khabar Logo

असार मसान्तसम्म चालू पूँजी कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकको सुविधा

२०८२ फाल्गुण २९
असार मसान्तसम्म चालू पूँजी कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकको सुविधा
बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको अध्ययन गरी वास्तविक आवश्यकता र औचित्यका आधारमा मात्र कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा एकपटकका लागि आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न अनुमति दिएको छ। ऋणीको नगद प्रवाह र वित्तीय विवरण विश्लेषणका आधारमा मात्र यस्तो सुविधा दिन पाइनेछ। यसलाई कर्जा वर्गीकरणका लागि पुनर्तालिकीकरण मानिने छैन। क्यास क्रेडिट खातामा ७ दिनसम्म कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता हुनुपर्ने व्यवस्था गरिएको छ।

Tags:

#छोटोखबर #नेपालराष्ट्रबैंक #चालूपूँजीकर्जा #बैंकिङसमाचार #आर्थिकसमाचार #नेपालअर्थतन्त्र #वित्तीयक्षेत्र #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू