Choto Khabar Logo

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

२०८३ भाद्र ८
साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
अबदेखि हरेक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने व्यवस्था गर्न सहमति जुटेको छ।
अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी आवश्यक तयारी गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथि छलफल गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तय गर्ने सहमति जुटेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बजेटझैँ मौद्रिक नीतिको मिति पनि निश्चित गरिने जानकारी दिए।

Tags:

#छोटोखबर #मौद्रिकनीति #नेपालराष्ट्रबैंक #अर्थसमिति #साउन१ #अर्थतन्त्र #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू